प्रथम चन्द्रागिरी महोत्सव:गोरु जुधाइ साथै रेस्लिङ

 २ वैशाख,काठमान्डौ । पर्यटकिय गन्तव्य चन्द्रगिरिमा संचालित प्रथम चन्द्रागिरी महोत्सव उत्साहजनक जनसभागिता रहेको छ । महोत्सवको विषेश आकर्षणका रुप्मा गोरु जुधाइएको छ । नयाँ वर्ष २०७४ को अवसरमा राजधानीको गुर्जुधारा चोकमा रहेको बलम्बु चौरमा आयोजित कार्यक्रममा गोरु जुधाई गरिएको हो । यो गोरु जुधाई राजधानीमा पहिलोपटक आयोजना गरिएको हो ।

चन्द्रागिरि नगरपालिका र बलामी फिल्म इन्टरटेन्मेन्टको संयुक्त रुपमा आयोजित महोत्सव बैशाख ६ गतेसम्म संचालन हुनेछ । आयोजकका अनुसार गोरुजुधाई बैशाख ३ गतेसम्म हुनेछ । गोरुजुधाइ प्रतियोगिताको लागि नुवाकोटको तारुका र धादिङको धुँवाकोटबाट ६ वटा गोरु ल्याइएको छ । साथै सोही ठाउँमा वैशाख ४ र ५ गते नेपालका पहिलो रेस्लर हिमालयन टाइगर सहितको समुहले रेस्लिङ खेल प्रदर्शन गर्ने छ ।

तस्बिर:

अर्थतन्त्र|हरिशरण न्यौपाने तस्बिर