काठमाडौं – नेपालले यमनसँगको हार सँगै एसियन कप छनोटको यात्रा अन्त्य गरेको छ । कतार स्पोर्टस क्लब सुहेन बिन हमाद रंगशालामा मंगलबार राती भएको यमनसँगको खेल नेपालले २–१ ले गुमाएको छ ।

यमनले २४ औं मिनेटमा अग्रता बनाएको थियो । तर, नेपालका लागि नवयुग श्रेष्ठको गोलमा नेपालले पहिलो हाफमा बराबरी गरेको थियो । खेल सकिन ६ मिनेट बाँकी रहँदा यमनले पेनाल्टीमा गोल गर्दा नेपाल पराजित हुन पुग्यो । ८३ औं मिनेटमा नेपालका कप्तान विराज महर्जनले यमनका खेलाडीलाई डि–बक्समा फाउल गरेपछि यमनले पेनाल्टी पाएको थियो । जसलाई यमनी खेलाडीले सदुपयोग गरे ।

छनोट चरणबाट बाहिरिसकेको नेपालको लागि यो खल प्रतिष्ठाको लागि मात्रै थियो । भने, यमनलाई एसियन कपमा छनोट हुनु नेपालविरुद्धको खेल जित्नै पर्ने दवाव थियो । जितसँगै यमन सन् २०१९ मा युएईंमा हुने एएफसी एसियन कपको लागि छनोट हुन सफल भएको छ । गत जेठमा नेपालले यमनलाई गोलरहित बराबरीमा रोकेको थियो ।

यमनसँग नेपालको यो चौथो भेट हो । सन् २००० को एसिया कप छनोटमा नेपाल यमनसँग ३–० ले पराजित भएको थियो । सन् २०१४ को मैत्रीपूर्ण खेलमा पनि नेपाल २–० ले पराजित भएको थियो । सन् २०१७ को एसियन कप छनोटमा भने नेपालले यमनलाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो ।

यमनविरुद्ध नेपाली टोली – किरण चेम्जोङ ९गोलकिपर०, विराज महर्जन ९कप्तान०, दीनेश राजवंशी, आदित्य चौधरी, अनन्त तामाङ, रोहित चन्द, विशाल राई, अन्जन विष्ट, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ (७०,जर्ज प्रिन्स कार्की), विमल घर्तीमगर(८४, सुमन लामा)

Chandragirinews rocky एसियन कप छनोटमा यमनसँग नेपालको हार खेलकुद    chandragiriChandragirinews careerad एसियन कप छनोटमा यमनसँग नेपालको हार खेलकुद    chandragiriChandragirinews jebsad एसियन कप छनोटमा यमनसँग नेपालको हार खेलकुद    chandragiriChandragirinews sano-sansar1 एसियन कप छनोटमा यमनसँग नेपालको हार खेलकुद    chandragiriChandragirinews oracalray एसियन कप छनोटमा यमनसँग नेपालको हार खेलकुद    chandragiriChandragirinews brightangel एसियन कप छनोटमा यमनसँग नेपालको हार खेलकुद    chandragiri

Comments

comments