चन्द्रागिरि । सतुंगल फिट्नेस फस्टका रुपक लगुनले चौथो इन्ट्रा मिस्टर फिट्नेस फस्ट च्याम्पियनसिपको उपाधि शनिबार जितेका छन् ।

फिट्नेस फस्टद्वारा आयोजित प्रतियोगिताको अभलअलमा च्याम्पियन बनेका रुपकले ७० केजीमुनि पहिलो भएका सतुंगलकै अमर गमाल र ६० केजीमा पहिलो भएका थानकोटका किस्मान तामाङलाई फाइनल चरणमा पराजित गरे ।

रुपक ७० केजीमाथि पहिलो हुँदै उपाधि होडमा प्रवेश गरेका थिए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३५ हजार, २० हजार र १० हजार नगद पुरस्कार हात पारे । उनीहरुत्रयले प्रोटिन र मोबाइल पनि पाए ।

मिस्टर फिट्नेस फस्ट उपाधि विजेता रुपक लगुन प्रतिस्पर्धा गर्दै ।

पुरुष फिजिक १६५ सेन्टीमिटर उचाईंमुनि सतंगुलका राजेश तामाङ र १६५ सेन्टीमिटर उचाईंमाथि थानकोटका गोकुल श्रेष्ठ पहिलो भए । दुवैले समान ५–५ हजार नगद पुरस्कार पाए ।

शारीरिक सुगठनतर्फ सतुंगलका सूर्य थापा उत्कृष्ट पोजर बन्दै नगद ५ हजार रुपैयाँबाट पुरस्कृत भए । एकदिने प्रतियोगितामा ३४ खेलाडी सहभागी थिए ।

Chandragirinews rocky चौथो इन्ट्रा मिस्टर फिट्नेस फस्ट च्याम्पियनसिप सम्पन्न खेलकुद    chandragiriChandragirinews careerad चौथो इन्ट्रा मिस्टर फिट्नेस फस्ट च्याम्पियनसिप सम्पन्न खेलकुद    chandragiriChandragirinews jebsad चौथो इन्ट्रा मिस्टर फिट्नेस फस्ट च्याम्पियनसिप सम्पन्न खेलकुद    chandragiriChandragirinews sano-sansar1 चौथो इन्ट्रा मिस्टर फिट्नेस फस्ट च्याम्पियनसिप सम्पन्न खेलकुद    chandragiriChandragirinews oracalray चौथो इन्ट्रा मिस्टर फिट्नेस फस्ट च्याम्पियनसिप सम्पन्न खेलकुद    chandragiriChandragirinews brightangel चौथो इन्ट्रा मिस्टर फिट्नेस फस्ट च्याम्पियनसिप सम्पन्न खेलकुद    chandragiri

Comments

comments