“दोस्रो कृष्ण कुमार के.सी. स्मृति पुरुष भलिवल प्रतियोगिता २०७६” दोस्रो दिन ४ खेल सम्पन्न

  • 1
    Share

विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा “दोस्रो कृष्ण कुमार के.सी. स्मृति पुरुष भलिवल प्रतियोगिता २०७६” आयोजना गरिएको हो। नेपाल भलिवल संघ का अध्यक्ष मनोरञ्जनरमण शर्माले उट्घाटन गरेका थिए।

“दोस्रो कृष्ण कुमार के.सी. स्मृति पुरुष भलिवल प्रतियोगिता २०७६” दोस्रो दिन ४ खेल सम्पन्न भएको छ। खेल देउराली भलिबल ग्राउण्ड चेकपोस्ट, चन्द्रागिरीको खेल मैदानमा भएको हो।

पहिलो खेलमा एपीएफलाई २-० को सोझो सेटमा पराजित गर्दा पनि जातो रेस्टुरेन्ट छेत्रिय स्तरको र राष्ट्रिय स्तरका खेलाडी समावेश गराउनाले अयोग्य ठहरेकोले प्रतियोगिताबाट बहिरेको छन्।

दिनको दोस्रो खेल प्रभतेश्वर समाज सुधार क्लव(ख) लाई २-०(२५-२१ र २५-१३) को सोझो सेटमा पराजित गर्दै देउराली युवा क्लबले जित हासिल गरेकको छ भने खेलका म्यान अफ द म्याच राजकुमार क्षेत्री चुनिएका थिए।

यसै दिनको तेस्रो खेल भ्याली कलेजलाई २-०(२५-१०,२५-१८) को सोझो सेटमा पराजित गर्दै त्रिवेणी स्नोकर क्लबले जित हासिल गरेकको छ साथै खेलका म्यान अफ द म्याच राजु रसाइली चुनिएका थिए।

दिनको अन्तिम खेल कालिका युवा क्लबलाई २-०(२५-२२,२५-़१३) को सोझो सेटमा पराजित गर्दै प्रभतेश्वर समाज सुधार क्लब(क)ले जित हासिल गरेकको छ यसै खेलका म्यान अफ द म्याच दिपसन मगर चुनिएका थिए।

“दोस्रो कृष्ण कुमार के.सी. स्मृति पुरुष भलिवल प्रतियोगिता २०७६” प्रतियाेगिता प्रथम हुनेले ट्रफिको साथमा नगद रू चालिस हजार , दोस्रो हुनेले नगद बिस हजार र तेस्रो हुनेले दस हजार पाउने छन् ।


  • 1
    Share

Comments

comments