
- 153Shares
तपाई हाम्रो वहुउद्देश्यीय सहकारीको एघारौ वार्षिक उत्सब को अवसरमा आयोजित दोस्रो चन्द्रागिरी अन्तर सहकारी फ़ुटसल प्रतियोगिता २०७५ भब्यताका साथ सम्पन्न भयो। एकता र सहकार्यका लागि खेल भन्ने मूल नाराका साथ अतिरिक्त क्रियाकलाप उपसमिति र युवा उपसमितिको वार्षिक कार्ययोजना अन्तर्गत संचालित प्रतियोगितामा कुल १२ सहकारीको सहभागिता रहेको थियो।
कार्यक्रम को उत्घाटन कार्यक्रम संस्था का अध्यक्ष मनोज कुमार थापामगरको सभापतित्वमा प्रमुख अतिथि च न पा १५ वडा अध्यक्ष उत्तम राउतको प्रमुख आतिथ्यमा समापन भयो ।समापन कार्यक्रम प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद का सदस्य सचिव केसव कुमार बिष्ट र विशेष अतिथि पुर्व सभासद बिनोद श्रेष्ठ बाट पुरस्कार बितरण भयो। प्रतिस्प्रधात्मक खेलमा सिमल बचत तथा ऋण सह्कारी संस्था प्रथम हुन सफल हुन भयो भने खुसीखुसी बचत तथा ऋण सह्कारी संस्था दोस्रो हुन सफल भयो। उत्कृस्ट टिम तथा पुर्ब बिजेता बिजयी भव:बचत तथा ऋण सह्कारी संस्था र सर्वाधिक गोलकर्ता पनि सोहि टिमका मनराज श्रेष्ठ हुनुभयो। उत्कृस्ट खेलाडी सिमल बचत तथा ऋण सह्कारी संस्थाका खेलाडी सुजन बलामी हुनुभयो।
प्रथम पुरस्कार रु १०००० नगद र ट्रफी
दोस्रो पुरस्कार रु ७००० नगद र ट्रफी
उत्कृस्ट टिम रु ३००० नगद र ट्रफी
प्राप्त गर्न सफल हुनुभयो।
तस्बिर:- सत्य श्रेष्ठ
- 153Shares