
- 223Shares
नेपाली किक बक्सिगं खेलाडी अबिरल घिमिरे टोकियोमा आईतबार भएको हिट ४६ किक बक्सिगंको टाईटल जित्न सफल भएका छन् ।
राजधानी टोकियोमा भएको भिडन्तमा जापानी च्याम्पियनलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर २१ बर्षिय अबिरलले हिट ४६ किक बक्सिगंको टाईटल उपाधि जितेका हुन् ।
करिव ५ सय बढी जापानी र ५० बढी नेपालीहरुको उपस्थिति रहेको खेलमा हिमालयन चितुवाको नामले परिचित घिमिरेले अहिलेसम्मकै ठूलो उपाधि हात पारेका हुन् ।
जापानको नागोयामा रहेर किक बक्सिगंका व्यवसायिक खेल खेल्दै आएका अबिरल जापानमा नेपालको प्रतिनिधित्व गर्दै खेल्ने गर्दछन् ।
तर अबिरलको यसपटकको खेल भने नेपालको प्रतिनिधित्वमा मात्र सिमित रहेन ।
पहिलो राउण्डमा जापानकै च्याम्पियन बनिसकेका बक्सरलाई पहिलो राउण्डमै सोझो सेटमा मैदान ढालेर नेपाली झण्डा फहराउँदै अबिरलले नेपाल भ्रमणबर्ष २०२० को समेत प्रचार गरेका छन् ।
यो बर्ष सन् २०२० मा नेपालले नेपाल भ्रमण बर्षको आयोजना गरेको छ करिव ६ सयको संख्यामा उपस्थित जापानी र नेपालीहरुमाझ किक बक्सिगं खेलको रिगंबाटै अबिरलले भने तपाईहरु सबैलाई म नेपाल भ्रमणमा आउन निमन्त्रणा गर्दछु । मलाई विश्वास छ तपाईहरुले नेपाल भ्रमण गर्नुहुनेछ ।
नेपाल भ्रमणको लागि अबिरलले रिंगबाटै जापानी भाषामै जापानीहरुलाई निमन्त्रणका दिएपछि सबै जापानीहरुले हलबाट एकै स्वरमा नेपाल आउने भन्दै धन्यवाद सहित बधाई व्यक्त गरेका थिए ।
जापान बसाईको चारवर्षे अवधिमै किक बक्सिगंको व्यवसायिक खेलमा एकदर्जन खेलमा जीत दर्ता गराएका अबिरलले आफ्नो आजको जितको उपाधि पिता तथा प्रशिक्षक देव घिमिरे र अर्का जापानी प्रशिक्षकमा समर्पण गर्ने बताउँदा खेल हेर्न उपस्थित दर्शकहरुले भावुक बन्दै तालिबजाएर अबिरलको प्रशंसा गरेका थिए ।
खेलपछि प्रतिक्रिया दिंदै अबिरलले जापानवासी नेपालीहरुबाट पाएको साथ र सहयोगबाटै आजको खेल जित्न सकेको भन्दै उपस्थित सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।
यसैगरि प्रशिक्षक तथा अबिरलका पिता देव घिमिरेले खेल हेर्न आएर हौसला प्रदान गरेकोमा टोकियोवासी सबै नेपालीहरुमा धन्यवाद व्यक्त गर्दै यो जित नेपालको भएको बताउनुभयो ।
- 223Shares
Comments
