काठमाण्डौको पश्चिम भेगमा निकै नै लोकप्रिय, प्रख्यात “नैकाप गोल्डकप”को दोस्रो संस्करण चाडै नै नैकाप फूटबल मैदानमा आयोजना हुने भएको छ । चन्द्रागिरी स्पोर्टस क्लब द्वारा आयोजना गर्न लागिएको खुल्ला फूटबल प्रतियोगिता २०७४ साल भाद्र २६ गते उद्घाटन भई असोज ११ गते फूलपातीका दिन समापन हुनेछ । प्रतियोगितामा नेपाल सरकार अन्तर्गत दर्ता भई नविकरण हुदै आएका संघ संस्था र क्लबहरूले मात्र सहभागिता जनाउन पाउने र ३२ टिम भन्दा माथिको सहभागिता नरहने आयोजक क्लबका अध्यक्ष कृष्ण हरि बस्नेतले जानकारी दिनुभयो । टिम दर्ता शुल्क रू १०,०००/-(दस हजार) रहने उक्त प्रतियोगितामा विजयी टोलीलाई नगद रू २,२५,०००/-(दुइ लाख पचिस हजार) र उपविजेतालाई नगद रू १,२५,०००/-(एक लाख पचिस हजार) सहित ट्रफी प्रदान गरिनेछ । त्यस्तै प्रतियोगिता भरको ब्येष्ट खेलाडी,उच्च गोलकर्ता,ब्येष्ट गोलकिप्पर र ब्येष्ट प्रशिक्षक सबैले समान नगद रू १०,०००/-(दस हजार) सहित ट्रफी हात पार्नेछन । सेमिफाइनलिष्ट दुई टोलीले पनि नगद रू १५,०००/-(पन्द्र हजार) पाउनेछन । प्रतियोगिताले नैकाप फूटबल मैदानलाई राष्ट्रिय स्तरको मैदानमा रूपान्तर गर्न विशेष पहल गर्ने र सम्बन्धित निकाय र व्यक्तित्वहरूको ध्यानाआकर्षन गराउने प्रभावकारी माध्यम रहने क्लबका सदस्य मिलन के.सी ले जानकारी गराउनू भयो । राष्ट्रिय स्तरका प्रतियोगिताहरू नभईरहेको अवस्थामा यस प्रतियोगिताले फूटबलमा चन्द्रागिरी नगरपालिकाको आकर्षण र सम्भावनालाई झल्काउने र साथसाथै पश्चिम भेगका स्थानिय खेलाडीहरूलाई पनि आफ्नो प्रतिभा देखाउने ठूलो माध्यम बन्ने कूरा केसी बताउछन ।
प्रतियोगितामा भाग लिन इच्छुक संघ संस्थाले यहि आउदो भाद्र २ गते देखि भाद्र २० गते भित्र आयोजक क्लबलाई फारम बुझाइसक्नु पर्ने छ । फारमको लागि रेड डेभिल्स स्पोर्टस सेन्टर ( नैकाप गोल्डेन फ्लावर विद्यालय सँगै ) मा सम्पर्क राख्न सकिने आयोजक क्लबले जनाएको छ । चन्द्रागिरी न्यूजले यस प्रतियोगितामा अनलाईन पार्टनरको रूपमा सहकार्य गर्नेछ ।
Chandragirinews naikap-football-ground-300x105 नैकाप गोल्डकपको दोस्रो संस्करण आयोजना हुने खेलकुद नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग    chandragiri

Chandragirinews rocky नैकाप गोल्डकपको दोस्रो संस्करण आयोजना हुने खेलकुद नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग    chandragiriChandragirinews careerad नैकाप गोल्डकपको दोस्रो संस्करण आयोजना हुने खेलकुद नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग    chandragiriChandragirinews jebsad नैकाप गोल्डकपको दोस्रो संस्करण आयोजना हुने खेलकुद नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग    chandragiri

Comments

comments