विश्वकपको सेमिफाइनल आजदेखि, फ्रान्स र बेल्जियम भिड्दै

  • 9
    Shares

२६ असार, रुसमा जारी विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलका खेल आज सुरु हुँदै छ ।

पहिलो सेमिफाइनल खेल नेपाली समयअनुसार राति ११ः४५ बजे फ्रान्स र बेल्जियम बीच हुँदै छ । फ्रान्स दोस्रो पटक उपाधि जित्नका लागि बेल्जियमलाई पराजित गर्ने दाउमा छ भने बेल्जियम पहिलो पटक उपाधि जितेर आफ्ना समर्थकलाई खुशी तुल्याउन फ्रान्सलाई फाइनल पुग्नबाट रोक्ने रणनीतिमा छ ।

सेन्ट पिटर्सवर्ग रंगशालामा हुने खेलको विजेताले फाइनल खेल्ने छ । क्वार्टरफाइनलमा फ्रान्सले उरुग्वेलाई र बेल्जियमले पाँच पटकको विश्व विजेता ब्राजिललाई हराउँदै सेमिफाइनलमा भेट पक्का गरेका हुन् ।


  • 9
    Shares

Comments

comments