२३ वर्षमुनीको फुटबलः नेपाल र युएर्इ बीचको खेल साँझ ८ बजे

  • 30
    Shares

चन्द्रागिरि ।

एसियाली फुटबल फेडेरेशनले अर्को वर्ष अायोजना गर्ने एएफसी अण्डर ट्वान्टी थ्री च्याम्पीयनसीप छनौटको उद्घाटन खेलमा नेपाली युवा टोलीले आज घरेलु टोली युएईसँग प्रतिस्पर्धा गर्दैछ । खेल युएईको अलईनस्थित ताहनोन बिन महम्मद स्टेडियममा नेपाली समयानुसार राती आठ बजेर १० मिनेटमा सुरु हुनेछ ।

समुह डी मा आयोजक युएई र नेपालसंगै उज्वेकिस्तान र लेवनान सहभागी छन् । राउण्ड रोबिन लिगका आधारमा चल्ने प्रतियोगीताको शीर्ष टोली च्याम्पियनसीपका लागि छनौट हुनेछ । १० समुहका दोस्रो स्थानमा रहने टोली मध्ये उत्कृष्ट ५ ले च्याम्पियनसीप स्थान बनाउने छन् । तुलनात्मक रुपमा कठीन समूहमा रहेको नेपालले च्याम्पियनसीपमा छनोट हुने लक्ष्य राखेको छ ।  नेपाली टोलीले आफ्नो दोस्रो खेलमा सोमबार डिफेण्डिङ च्याम्पियन उज्वेकिस्तान र बुधबार लेवनानसँग प्रतिस्पर्धा गर्नेछ ।


  • 30
    Shares

Comments

comments