अन्तर नगर फुटबलमा चन्द्रागिरिका रुजित पुडासैनी बने उत्कृष्ठ खेलाडी

चन्द्रागिरि ।

जेठ २३ देखि सुरु भएको प्रथम नगर कप नकआउट फुटबल प्रतियोगिता अाइतबार सकिएको छ । टोखा नगरपालिकाले उपाधि सहित १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो चन्द्रागिरि नगरपालिकाले उपविजेता बन्दै चन्द्रागिरीले ५१ हजार १ सय ५१ मा चित्त बुझायो  प्रतियोगितामा काठमाडौंका १० नगरपालिका सहभागी थिए ।

टोखाले ३–० ले पछि परेको स्थितिलाई उल्ट्याउदै उपाधि जितेको हो । टोखालार्इ उपाधी दिलाउन त्रिलोक दुराले २, आशिष डंगोल , अनिल थापा र विजय श्रेष्ठले १-१ गोल गरे । चन्द्रागिरिका रुजित पुडासैनीले ह्याट्रिक गरेका थिए । रुजित प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिए र १० हजार नगद रुपैयाँ प्राप्त गरे ।

खेलाडीको विधागत उत्कृष्टतर्फ सबै उपाधि टोखाले जित्यो । नवीन श्रेष्ठ उत्कृष्ट गोलकिपर, गोविन्द रिमाल उत्कृष्ट रक्षक,साजन डंगोल उत्कृष्ट मिडफिल्ड, आशिष डंगोल उत्कृष्ट फरववार्ड चुनिए । चन्द्रागिरिका रमेश बुढाथोकी उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्ट सबैले समान ५ हजार रुपैयाँ पाए । कीर्तिपुरले अनुशासित टिमको उपाधि प्राप्त गर्यो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपाने र उपाध्यक्ष दामोदर भट्टराई, आयोजक जिल्ला समन्वय समितिका स्थानिय विकास अधिकारी गोपाल अधिकारीलगायतले विजेता उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरेका थिए ।