आज विश्वकपमा ३ खेल हुँदै, कति बजे कुन-कुन देश भिड्दैछन् ?

मस्को (एजेन्सी)– विश्व कपमा समूह चरणका खेलहरुको दोस्रो राउन्ड सुरु भएसँगै नकआउट चरणमा पुग्ने समिकरणहरु बन्न सुरु गरिसकेका छन् । आयोजक रुस अन्तिम खेलअघि नै प्रि क्वार्टरफाइनलमा पुगिसकेको छ भने इजिप्ट एक खेल बाँकी रहँदै बाहिरिने पहिलो टोली बनेको छ ।

बुधबार हुने खेल जितेको खण्डमा उरुग्वेले पनि अन्तिम १६ मा स्थान बनाउने छ । उरुग्वेले आज साउदी अरेबियाको सामना गर्दैछ । आजै अर्को समूहमा क्रिस्टिायानो रोनाल्डोको पोर्चुगल र मोरोक्को र स्पेनले इरानको सामना गर्नेछ । पोर्चुगल र स्पेनले पहिलो खेलमा रोमाञ्चक ३–३ को बराबरी खेलेको थियो भने इरानले मोरोक्कोलाई १–० ले हराएको थियो ।

विश्व कपमा आज को को खेल्दैछन् ,कति बजे ?

समूह ‘बी’
पहिलो खेल -पोर्चुगलविरुद्ध मोरोक्को -साँझ ५ः४५ बजे
समूह ‘ए’
दोस्रो खेल- उरुग्वेविरुद्ध साउदी अरेबिया -राती ८ः४५ बजे
समूह ‘बी’
तेस्रो खेल -इरानविरुद्ध स्पेन राती- ११ः४५ बजे