आयोजक वईस्टन युनाईटेड क्लब पहिलो खेलमै दीपशिका फुटबल क्लबसँग पराजित

चन्द्रागिरि, चाैठाै नेपाललय वईस्टन युनाईटेड क्लबकप अन्तर्गत बिहिबार पहिलो खेलमा वईस्टन युनाईटेड क्लब “बि”ले स्वतन्त्र युवा क्लब माथि ४-० को सहज जित हात पारेको छ। वईस्टन युनाईटेड क्लबका सुबास घलानले ३(ह्याट्रिक) गोल गर्दै म्यान अफ द म्याच घोषित भएका थिए यसै दिनको दोस्रो खेलमा LACTO लक्ष्य “ए” ले भालेश्वोर फुटबल क्लब माथि १-० को जित हात पार्दै LACTO लक्ष्य “ए” का सन्दीप लामीछाने  म्यान अफ द म्याच चुनेका थिए।

तेस्रो खेलमा दीपशिका फुटबल क्लबले वईस्टन युनाईटेड क्लब माथि १-० को जित हात पारेको छ भने खेलका नायक दीपशिका फुटबल क्लबका राजन महर्जन म्यान अफ द म्याच घोषित भएका थिए यसै दिनको चौथो खेलमा नेपाल युवा प्रोग्रामले हसना भास्तिपुर माथि ३-० को सहज जित हात पार्दै नेपाल युवा प्रोग्रामका जय मोक्तान म्यान अफ द म्याच चुनेका थिए।

दिनको अन्तिम खेलमा निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि पेनाल्टी शूटआउटमा जम्सिखेलले LACTO लक्ष्यमाथि ४-१ को विजय हासिल गरेका थिए भने खेलका म्यान अफ द म्याच जम्सिखेलका सुबास थापा मगर चुनेका थिए।