कोरियाका चर्चीत किक बक्सर अबिरलको दुई मुक्कामै ढले, अबिरलले फहराए जापानमा नेपाली झण्डा

अबिरलले फहराए जापानमा नेपाली झण्डा-कोरियन व्यवसायिक

जापानमा भएको व्यवसायिक किक बक्सिगं खेलमा नेपाली खेलाडी अबिरल घिमिरेले कोरियाका चर्चीत किक बक्सरलाई नक आउट गराउँदै नेपाली झण्डा फहराएका छन् ।

करिव दुई दर्जन व्यवसायिक किक बक्सिगं खेलमा भिडिसकेका कोरियाली खेलाडीलाई लगातार दुई पटक ढाल्दै १९ बर्षिय नेपाली युवा किक बक्सर अबिरल घिमिरेले खेल जितेका हुन् ।

जापानमा हिमाली चितुवाको नाममा परिचित अविरलले जापानको नागोया स्थित नागोया कंग्रेस सेन्टर मा आज भएको खेलमा कोरियन खेलाडी जुंग ओ जिमलाई पराजित गर्दै नेपाली झण्डा फहराएका हुन् ।

आफ्नै पिता तथा नेपालको पहिलो के वन खेलाडीको रुपमा परिचित देव घिमिरेसँग जापानमै रहँदै आएका अबिरलले आफ्नै पिताले सञ्चालन गरेको सिमुरा डोजोसँगै जापानी प्रशिक्षकहरुसँग समेत प्रशिक्षण लिंदै आएका छन् ।

अबिरललाई हौसला प्रदान गर्न दुई दर्जन बढी नेपालीहरु खेल स्थलमा पुगेका थिए ।

जापानमा कोरियाली किक बक्सरलाई पराजित गरेपछि छोटो प्रतिक्रिया दिंदै अबिरलले सबै जापानवासी नेपालीको माया र साथ अनि आफ्नो मेहनतले नेपाली झण्डा फहराउन सकेको बताएका छन् ।