खेलकुदको विकासमा महिला सहभागिता आजको आवश्यकताः सांसद विशखे

काठमाडौं, कार्तिक १६ ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ स्थित मण्डला ब्याडमिन्टन हलमा मण्डला आन्तरिक ब्याडमिन्टिन प्रतियोगिता सम्पन्न भएको छ ।

विभिन्न ३२ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिता कार्तिक ११ गतेबाट सुरु भइ १६ गते सम्पनन भएको हो । समापन समारोहमा प्रथम, द्धितिय र तृतिय प्रतियोगिलाई शिल्ड प्रमाणपत्र र आकर्षक पुरस्कार वितरण गरिएको छ ।

समापन समारोहका प्रमुख अतिथि प्रतिनिधिसभा सांसद अन्जना विशखेले अब यस्ता प्रतियोगिता पुरुषका लागि मात्र नभई महिलाहरुका लागि पनि आयोजना गर्नु पर्ने बताईन । उनले ‘मण्डलाले अब महिलाहरुका लागि पनि ब्याडमिन्टन प्रतियोगिता गराउन पहल गर्नु पर्ने आजको आवश्यकता हो, खेलकुदको विकासमा मैले गर्नु पर्ने कार्यमा म प्रतिव्ध छु’, सांसद विशखेले भनिन् ।

यस्तै ब्याडमिन्टन प्रतियोगिता आयोजक समितिका अध्यक्ष देबेन्द्र प्रधानले खेल मनोरञ्जनका लागि खेल्नुमात्र नभर्इ नीति नियम र अनुशासित भएर खेलेको खण्डमा राज्य संचाल गर्न समेत यस्ता खेलका खेलाडीहरुबाट सिक्नुपर्ने बताए ।

साथै ब्याडमिन्टन कपलाई क्रिक्रेट वल्र्डकफलाई जस्तै चन्द्रागिरिहिलमा लैजाने जानकारी दिए  । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने समाजसेवी र ब्यक्तिहरुलाई लाई सम्मान पनि गरिएको थियो ।