चन्द्रागिरि अन्तर वडा स्तरीय ब्याडमिण्टन, अाइतबार ४ खेल सम्पन्न

चन्द्रागिरि ।

जारी प्रथम संस्करणको चन्द्रागिरि अन्तर वडा स्तरीय ब्याडमिण्टन प्रतियोगिताको दोश्रो दिन अाइतबार ४ खेल भएका छन् । साबिक महादेवस्थान गाविसको प्राङ्गणमा सञ्चालन भइरहेको प्रतियोगिताको पहिलो खेलमा चन्द्रागिरि नगरपालिका १ का वडा अध्यक्ष राजेन्द्र केसी र कविरराज खड्काको जोडी विनोद थापा र रिकेश सुवेदीको जोडीसँग सोझो सेटमा पराजित भयो । त्यस्तै वीरकृष्ण महर्जन र सरगम पाैडेलको जोडी सानु श्रेष्ठ र केशव बस्नेतको जोडीमा माथि सहज जित निकाल्दै अघिल्लो चरण प्रवेश गर्यो । अाइतबार नै सम्पन्न तेश्रो खेलमा चन्द्रागिरि नगरपालिका वडा नं. ६ का अध्यक्ष संजय सिग्देल र विनय सिग्देल को जोडी शिव शरण महत र राजन महतको जोडीसस्ँग सजिलै पराजित भयो भने निखिल महर्जन र तुल बहादुर दंगाल को जोडी श्रीहरी थापा र तेज बहादुर भण्डारीको जोडीलार्इ प्रतिष्पर्धात्मक खेलमा पराजित गर्दै अघिल्लो चरणमा स्थान सुरक्षित गर्न सफल भयो ।

खेलपछि प्रतिक्रिया दिँदै चनपा १ का वडा अध्यक्ष केसीले स्वस्थ जीवनका लागि खेलकुद अपरिहार्य भएको बताउँदै वर्तमान पुस्ता खेलकुद क्षेत्रमा सक्रिय भएर लाग्नु पर्ने धारणा राखे । त्यस्तै वडा नं. ६ का अध्यक्ष सिग्देलले सो वडामा मदन स्मृति खेल मैदान निर्माण भइरहेको बताउँदै सो मैदान निर्माण सम्पन्न भइसकेपश्चात यस क्षेत्रमा खेल क्षेत्रले अझ सफलता हात पार्ने धारणा व्यक्त गरे । चन्द्रागिरि विकास मञ्चद्धारा अायोजित प्रतियोगिताको विजेताले नगद रू. २५ हजार प्राप्त गर्नेछ ।