जापानमा ‘हिट ४१ प्रोफेशनल किक बक्सिङ’मा नेपाली खेलाडी घिमीरेलाई सफलता

काठमाडौं – जापानको नागोयामा आयोजित हिट ४१ प्रोफेशनल किक बक्सिङ प्रतियोगितामा नेपाली युवा खेलाडीलाई सफलता हात लागेको छ ।

काठमाडौं चन्द्रगिरीका अविरल घिमीरेले जित हात पारेका हुन् । उनले जापानी खेलाडी नेगि माजिनलाई हराएर विजयी भएका थिए । माजिनलाई फष्ट राउण्डमा एक मिनेट आठ सेकेन्डमै नकआउट गरेका थिए । उक्त खेलका लागि उनले करिब डेढ बर्षदेखि तालिम लएका थिए ।

उनलाई एनआरएन नागोया जापान, युनिटी गाइज ग्रुप, लगायत नेपालीहरुले हौसलाका साथै समर्थन गरेका थिए । उनी पूर्व राष्ट्रिय मार्शल आर्ट खेलाडी देवकुमार घिमीरेका छोरा हुन् । घिमीरेका कोच पनि उनैका बाबु थिए ।

हिट ४१ वान किक बक्सिङ जापानको प्रसिद्ध खेल मानिन्छ । नागोयाका सिमुरा डोजोले आयोजना गरेको थियो । अहिले सम्म ६ वटा भन्दा बढि गेमा घिमिरेले जित हासिल गरेका छन् । विजयी घिमीरेले जित पछि खुशी हुँदै नेपालको नाउँ अन्तराष्ट्रि क्षेत्रमा चम्काउन लागि पर्ने बताए ।