तेस्रो देव दर्शन कपको उपाधी राजकुमार पोख्रेल र सविन श्रेष्ठको जोडिलाई

राेसन दानी
काठमाडौं । २असार
चन्द्रागिरी नगर स्तरीय खुला ब्याडमिन्टन प्रतियाेगिता अन्तर्गत अाज भएकाे फाईनल खेलमा तेस्रो देव दर्शन कपको उपाधी राजकुमार पोख्रेल र सविन श्रेष्ठको जोडिले हात पार्न सफल भएका छन् ।

संस्थाकाे दशाैं बार्षिक उत्सवको उपलक्ष्यमा गरिएकाे नगर स्तरीय खुला ब्याडमिन्टन प्रतियाेगिता प्रथम स्थान हासिल गरि पोख्रेल र श्रेष्ठको जाेडीले नगद रू २० हजार सहित मेडल तथा सिल्ड प्राप्त गरे ।

चन्द्रागिरी नगर तेस्रो देव दर्शन कपको उपाधी कब्जा गर्ने क्रममा राजकुमार पोख्रेल र सविन श्रेष्ठको जोडिले रामशरण के.सी र लोकेशोर बखती को जोडीलाई २१-१७/२१-१४ ले पराजित गर्दै उपाधी कब्जा गरेका हुन ।

त्यस्तै गरि रामशरण के.सी र लोकेशोर बखती को जोडी दाेश्राे स्थान हात पार्न सफल भई नगद रू १० हजार सिल्ड तथा मेडल हात पारे भने क्रमश अजय पाण्डे/ पुस्प खड्का र शिव महत/राजन महात जोडीहरु क्रमश द्वितिय र सेमि फाइनल पुग्ने दुई जोडिले सान्तोना प्राप्त गरेका छन् ।

तेस्रो हुने जाेडीले क्रमशः जनही ५०००/५००० हजार नगद सहित ट्रफि र मेडल प्राप्त गरेका छन् भने उत्कृष्ट खेलाडी राम शरण के.सि. भए भने उदयमान खेलाडीमा निखिल महर्जन घाेषित भएका थिए ।

उनिहरूलाई संस्थाले नगद रू २५ /२५ सय प्राप्त गरेका थिए। विजयी टिमहरूलाई प्रदेश नम्बर ३ का माननीय सांसद रमा अाले मगरले पुरस्कार प्रदान गर्नु भएकाे थियाे ।

खेल चन्द्रागिरी वडा नम्बर ५ गुरुजुधारा, किसिपिडिमा जेठ २६ गते बाटसुरू भएकाे थियाे जसमा ४५ टिमकाे सहभागिता रहेकाे थियाे ।