थानकाेट युथ क्लब र बार्सा नेपाल क्वाटर फाईनल प्रवेश

नैकाप गाेल्डकप २०७५ काे आज २०७५-०६-२० गते भएकाे पहिलाे खेलमा थानकाेट युथ क्लबले म्यानचेष्टर युनाईटेड फ्यान क्लब नेपाल माथि १:० गाेल अन्तरकाे जित दर्ता गर्न सफल बन्याे ।
खेलकाे एक मात्र गाेल थानकाेट युथ क्लबका म्यान अफ दि म्याच राजेश पाैडेलले गरे । जित सँगै थानकाेट युथ क्लब क्वाटर फाईनल प्रवेश गरेकाे छ ।
आज भएकाे दाेस्राे खेलमा बार्सा नेपाले गाेल्डस्टार क्लब नैकाप माथि १:० काे जित दर्ता गरेकाे छ र जित सँगै क्वाटरफाईनलकाे बाटाे लिएकाे छ ।
बार्सा नेपालका सन्ताेष कर्माचार्यले पहिलाे हाफमा गाेल गरी टाेलीलाई अग्रता दिलाएका थिए । गाेल्डस्टारले पूरा खेल अवधिभर धेरै प्रतिशत बल आफ्नाे पक्षमा राखे पनि गाेल गर्न नसक्दा खेल गुमाउनु पर्याे ।म्यान अफ दि म्याच बार्सा नेपालका गाेलरक्षक राजु तमाड्ग चूनिए ।