थानकोट गोल्डकप फुटबल प्रतीयोगीता हुने

“चन्द्रागिरिमा फुटबलको लहर , स्थानिय खेलाडीलाई अबसर “ भन्ने नारा सहीत यही आउँदो फागुन ११ गते देखी फागुन २० गतेसम्म च न पा -३ थानकोटको गलबन फुटबल मैदानमा पहिलो थानकोट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। गलबन युनाइटेड क्लब र वी आर ब्रदर्श क्लबको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिता सेभेन अ साइडको(मैदानमा ७ -७ जना बिच) हुनेछ। फारम बितरण माघ २१ गते र बुझाउने अन्तिम मिती फागुन ८ गते रहेको छ। चन्द्रागिरि न पा भरिका क्लबलाई यही नगरपालिका भित्र बसोबास गर्दै आइरहेको खेलाडी लिएर भाग लिन आव्हान गरिएको छ। फारम र अन्य जानकारीको लागि सम्पर्क नम्बर ९८०८५४६२९८,९८६९४२०९३३, ९८२३२१८८३०