थानकोट गोल्डकप फुटबल प्रतीयोगीताको खेलतालिका सार्वजनिक

यही आउँदो फागुन ११ गते देखी फागुन २० गतेसम्म च न पा -३ थानकोटको गलबन फुटबल मैदानमा हुने पहिलो थानकोट गोल्डकप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ। गलबन युनाइटेड क्लब र वी आर ब्रदर्श क्लबको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको पहिलो खेल फागुन ११ गते दिनको २ बजे दिपशिका क्लब र जेसिआई थानकोट बिच हुनेछ। प्रतियोगिताको फाइनल खेल फागुन २० गते दिनको २ बजे हुनेछ। प्रतियोगितामा चन्द्रागिरी नगरपालिका भित्रका १६ टिमले भाग लिदैँ छन्।