थानकोट गोल्डकप फुटबल प्रतीयोगीता सफलतापूर्वक सम्पन्न

यही फागुन ११ गते देखी फागुन २० गतेसम्म च न पा -३ थानकोटको गलबन फुटबल मैदानमा भएको पहिलो थानकोट गोल्डकप फुटबल प्रतियोगिता सफलताका साथ सम्पन्न भएको छ। गलबन युनाइटेड क्लब र वी आर ब्रदर्श क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा वेष्टर्न युनाइटेड फुटबल क्लबले वी आर ब्रदर्श/गलबन ‘ए’ लाई ६-२ को अन्तरले पराजित गर्दै पहिलो थानकोट गोल्डकपको बिजेता हुन सफल भयो।समापन समारोहका प्रमुख अतिथी पुर्व युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसी हुनुहुन्थयो। ई. भुवन गिरीको संयोजकत्वमा आयोजिता यस प्रतियोगितामा चन्द्रागिरी नगरपालिका भित्रका १६ टिमले भाग लिएका थिए।प्रतियोगितामा उच्च गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक वेष्टर्न युनाइटेड फुटबल क्लबका क्रमश: सन्जिब महर्जन, साजन महर्जन र दिनेश श्रेष्ठ घोषित हुनुभयो भने प्रतियोगिताको सबैभन्दा उत्कृष्ट खेलाडी वी आर ब्रदर्श/गलबन ‘ए’ का करन तामाङ घोषित हुनुभयो। प्रत्यक बर्ष अझ परिस्कृत गर्दै यो प्रतियोगिता आयोजना गर्ने प्रतियोगिताका संयोजकले बताउनु भयो।