देवदर्शन कप ब्याडमिण्टन, सेमीफाइनल समीकरण पुरा

चन्द्रागिरि ।

दोश्रो देवदर्शन कप ब्याडमिण्टन प्रतियोगिताको सेमिफाइन समीकरण पुरा भएको छ । राजन केसी र दिपेश खड्काको जोडीलार्इ २१-१८ र १९-२१ को सेटमा पराजित गर्दै शिवशरण महत र राजन महतको जोडी सेमीफाइनमा प्रवेश गरेको छ ।  त्यस्तै प्रेम महर्जन र विरकृष्ण महर्जनको जोडी यादव खवास र हरि कुमार खत्रीको जोडीसँग १४-२१ र १२-२१ को सेटमा पराजित भयो ।

अाजै सम्पन्न तेश्रो क्वाटर फाइनलमा सविन श्रेष्ठ र राजकुमार पोखरेलको जोडी देवेन्द्र राना र अात्माराम बखती जोडीलार्इ १५-२१, २२-२० र २१- १३ ले पराजित गर्दै सेमिफाइनमा प्रवेश गरेको छ । अन्तिम क्वाटर फाइनलमा पुष्ष खड्का र पवन अधिकारी को जोडी लोकेश्वर बखती र रामशरण केसीको जोडीलार्इ १६-२१, २१-१६ र २१-१५ सेटमा पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भयो ।