देवदर्शन कप ब्याडमिन्टन, ८ टाेली अघिल्लो चरणमा

चन्द्रागिरि ।

जारी दोश्रो देवदर्शन कपको तेस्रो दिन ३ खेल भएका छन्, बिहीबारसम्म १६ टाेलीकाे खेल सकिएको  छ । प्रेम महर्जन र वीरकृष्ण महर्जनकाे जोडी राजु कँडेल र बाबुराम पाेखरेलको टोलीलाई २१-२० र २१-८ काे साेझाे सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेकाे छ । त्यस्तै अाेमलाल श्रेष्ठ र मगज बाेगटीकाे जाेडीले सविन श्रेष्ठ राजकुमार पाेखरेल समक्ष १५-२१ र १५-२१ ले नतिजा सुम्पेको थियाे । अाजै भएको तेश्रो तथा अन्तिम खेलमा सानू श्रेष्ठ र केशव बस्नेतकाे जोडी उज्वल महर्जन र अमिर महर्जनको जाेडीसँग १३-२१ र १९-२१ ले पराजित भयाे । देवदर्शन सहकारीको नवाैँ वार्षिकोत्सवका अवसरमा मंगलबारबाट सुरू भएको प्रतियोगितामा ३२ टोलीको सहभागिता रहेको छ ।