दोश्रो हाइभिजन कप ब्याडमिण्टनको उपाधी महर्जन जोडीलार्इ, राम बहादुर ढकाल उत्कृष्ठ खेलाडी

चन्द्रागिरि ।

हाइभिजन हाइपर मार्केटको मुख्य प्रयोजनमा सञ्चालित दोश्रो हाइभिजन कप ब्याडमिण्टन प्रतियोगिताको उपाधी बसन्त महर्जन र प्रमोद महर्जनको जोडीले जितेको छ । शनिबार सम्पन्न फाइनलमा महर्जन जोडीले उदय थापा र अमृत थापाको जोडीलार्इ २४-२२, २१-१३ र २१-१६ को सेटमा पराजित गर्दै उपाधी चुमेको हो ।

२४ टोली सहभागी प्रतियोगिताको उपाधी विजेताले नगद रू १० हजार सहित ट्रफि हात पार्यो भने उपविजेता जोडीले नगद रू. ६ हजार सहित ट्रफि प्राप्त गर्यो । प्रतियोगिताको उत्कृष्ठ खेलाडीमा रामबहादुर ढकाल घोषित भए । विजेतालार्इ हाइभिजन कोलोनी समाजका अध्यक्ष दिल बहादुर थापाले पुरस्कार वितरण गरेका थिए ।