नवाैं राष्ट्रिय सिन क्याेकुशिन कराँते प्रतियाेगिता चन्द्रागिरिमा ।

काठमाडौ / ५ असाेज

राजधानीकाे चन्द्रागिरिमा दुई दिने राष्ट्रिय सिन क्याेकुशिन कराँते सुरू भएकाे छ ।

नेपाल सिन क्याेकुशिन कराँते संघ शाखा गुर्जुधारा द्वारा अायाेजित प्रथम चन्द्रागिरि मेयर कप तथा नवाैं राष्ट्रिय सिन क्याेकुशिन कराँते प्रतियाेगिता २०७५ सुरू भएकाे हाे ।

कार्यक्रमकाे उद्घाटनमा वाेल्दै नेपाल फुल कन्ट्याक्ट कराँते महासंघका अध्यक्ष दमन वस्नेतले खेलकुदकाे माध्यमवाट समाज रूपान्तरणका साथै देशकाे नाम विश्व जगतमा पुर्याउने कुरामा सवैकाे साथ र सहयाेगकाे खाचाे रहेकाे अाैल्याए । उन्ले खेलाडीहरूलाई नेपाल सरकारले गर्ने अाठाै राष्ट्रिय खेलकुद प्रतियाेगितामा उच्च स्थान हासिल गर्न खेलाडीहरूलाई विशेष रूपमा रहन अाग्रह गरे ।

कार्यक्रममा वाेल्दै चन्द्रागिरि नगरपालिका १२ का अध्यक्ष प्रकाश श्रेष्ठले खेलकुदकाे विकासका लागि सरकारले विषेश पहल गर्नु पर्ने धारणा राखे ।

कार्यक्रमका नेपाल सिन क्याेकुशिन कराँते संघ शाखा गुर्जुधाराका अध्यक्ष विक्रम नकर्मीले कराँते खेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विकास गर्न सरकारले खेल क्षेत्रमा लगानी वृद्धि गर्नु पर्नेमा जाेड दिए ।

दुई दिन सम्म चल्ने खेलमा पहिलाे हुने विजेताले ट्रफि,मेडल तथा नगद १५ हजार प्राप्त गर्नेछन् । दाेश्राे हुनेले ट्रफि,मेडल तथा नगद १० हजार प्राप्त गर्नेछन् भने तस्राे हुनेले नगद ५ हजार सहित ट्रफि,मेडल सिल प्राप्त गर्ने छन् । उत्त प्रतियाेगितामा विभिन्न जिल्लाहरू वाट १२६ जना खेलाडीहरू विच प्रतिस्पर्धा हुनेछ ।