नेपाल १ रनले विजयी ।

काठमाडौं  – नेपाल र नेदरल्यान्ड्बीचको दुई एक दिवसिय श्रृखंला १–१ को बराबरीमा टुंगिएको छ । घरेलु टोलीविरुद्धको दोस्रो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट नेपालले १ रनले जितेपछि दुई खेल बराबरीमा टुंगिएको हो । नेपालको एक दिवसिय डेब्यू खेलका रुपमा रहेको बुधबारको खेल नेपाले ५५ रनले गुमाएको थियो ।

नेपालले दिएको २ सय १७ रनको लक्ष्य पछएको नेदरल्यान्ड्सलाई ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय १५ रनमा रोक्दै नेपालले सनसनीपूर्ण जित हासिल गरेको हो । जितको नजिक पुगेको नेदरल्यान्ड्सको अन्तिम विकेट कप्तान पारस खड्काले रन आउट गरेपछि नेपाल विजयी भएको थियो । अन्तिम बलमा नेदरल्यान्ड्सलाई जितका लागि २ रनको आवश्यकता थियो ।

नेदरल्यान्डका लागि वेस्ले वारेसीले सर्वाधिक ७१ रनको योगदान दिए । ड्यानियल टेर ब्राकले ३९ रन जोडे । पिटर सिलार २१ त्था विन कुपर १९ रनमा आउट भए । फ्रेड क्लासिन १३ रन, सेन स्नाटर १२ रन, एसए इडवार्डस् ९ रनमा आउट भए । पाउल भान मिकिरिन १२ रनमा नटआउट रहे ।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए । ललित भण्डारी र कप्तान पारस खड्काले समान २ लिए । सोमपाल कामी, बसन्त रेग्मी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

त्यसअघि नेपालले टस जितेर ब्याटिङ गरेको नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतक पुरा गरेपछि टोलीले ४८.५ ओभरमा सबै विकेट गुमाएर २ सय १६ रनको योगफल तयार पारेको थियो ।

नेदरल्यान्ड्सविरुद्धकै बुधबार भएको एक दिवसिय डेब्यू खेलमा राम्रो ब्याटिङ गर्न नसकेको नेपालका लागि दोस्रो खेलमा भने सामूहिक प्रदर्शन गरेको थियो । पहिलो खेलमा अर्धशतक बनाएका उपकप्तान ज्ञानेन्द्र मल्ल र आज मौका पाएका सुवास खकुरेलले पहिलो विकेटका लागि २९ रनको साझेदारी गरेका थिए ।

ज्ञानेन्द्रले २४ बलमा २ चौकाका साथ १३ रन जोडे । सुवासले ३३ बलमा ३ चौकासहित १९ रन जोडे । अनिल साह ४ रनमा आउट भए । कप्तान पारसले इनिङ सम्हाल्ने क्रममा अर्धशतक पुरा गरे । ६९ बल खेलेका पारसले ६ चौका र २ छक्कासहित ५१ रन बनाए ।

पछिल्लो क्रमका ब्याट्सम्यान सोमपालले अर्धशतक पुरा गरेपछि नेपालको स्कोर २ सय रन नाघेको थियो । ४६ बल खेलेका सोमपालले ५ चौका र ३ छक्कासहित ६१ रन जोडेका थिए ।

दीपेन्द्रसिंह ऐरी १९, आरिफ शेखले १६ , सन्दीप लामिछानेले ८, रोहित पौडेलले ६, बसन्त रेग्मीले १ रन र ललित भण्डारी अविजित ४ जोडे ।घरेलु टोलीका फ्रेड कासानेसले ३, मिचेल रिप्पोन र पिटर सेलारले समान २, पाउ भान मेकिरेन र साने स्नाटेरले समान १ विकेट लिएका थिए ।