‘नैकाप गाेल्डकप २०७५’ असाेज १३ गतेबाट सुरु हुँदै

२०७३ बाट सुरु भएको ‘नैकाप गाेल्डकप’को तेस्राे संकरण २०७५ असाेज १३ गतेबाट सूरू हुने भएकाे छ ।

प्रतियोगितामा नेपाल अधिराज्यभरबाट दर्ता भई नविकरण हुदै आएका बढीमा ३२ क्लब तथा संस्थाहरुको सहभागिता रहने छ । चन्द्रागिरी स्पाेर्टस क्लबको आयोजनामा नैकाप फुटबल मैदानमा हुने उक्त फुटबल प्रतियाेगिता १७ दिन सम्म चल्नेछ । असाेज १३ गते देखि सुरु हुने प्रतियोगिता असाेज ३० गते फुलपातीको दिनमा समापन हुनेछ ।

प्रतियाेगिताकाे बिजेता टाेलीले ट्रफी सहित नगद रू ३,००,०००(तीन लाख) प्राप्त गर्नेछ भने उप-विजेताले १,५०,००० (एक लाख पचास हजार) प्राप्त गर्नेछ । प्रतियोगितामा अन्य थुप्रै बिधाहरू पनि समेटिएका छन् । सुरुवाती बर्ष देखि नै सफल रुपमा आयोजना हुँदै आएको यस फुटबल प्रतियोगिताको तेश्रो संकारण पनि सफलता पुर्वक सम्पन्न हुने आयोजकले विश्वास लिएका छन् । हाल प्रतियोगिताका लागी फारम भर्ने काम अन्तिम चरणमा रहेको समेत आयोजकले बताएका छन् ।