नैकाप गोल्डकपको दोस्रो दिन ३ खेल सम्पन्न

चन्द्रागिरि ।
जारी दोश्रो संस्करणको नैकाप गोल्डकपको दोस्रो दिन मंगलबार ३ खेल सम्पन्न भएका छन् । पहिलो खेलमा कार्की युथ क्लब द्वारा समाज सुधार क्लब १-०  पराजित भयो । विनय श्रेष्ठको गोलमा कार्की युथ क्लबले दोश्रो चरणमा स्थान सुरक्षित गर्यो । खेलको ५० अाैँ मिनेटमा कार्की युथका दिपेश श्रेष्ठ रातो कार्ड पाइ मैदानबाट बाहिरिएका थिए ।  दोस्रो खेलमा दिपशिखा युवा समुह नैकापले नैकाप युवा क्लबलार्इ ५-१ गोलले पराजित गर्यो । सहज जित दर्ता गर्दा दिपशिखाका निराजन बस्नेतले २, सुरज मगर, इश्वर आचार्य र विजय गुरूङले समान १-१ गोल गरेका थिए । नैकाप युवा क्लबका उजेन लामाले १ गोल फर्काए । मंगलबार नै सम्पन्न अन्तिम तथा तेस्रो खेलमा कालिका ब्याडमिन्टन क्लब तिनथाना जिन्यस आइ.टि लाइ क्लब पुतली सडक विरूद्ध २-० गोलले पराजित गर्न सफल रह्यो । कालिकाको जितमा सुनिल सुवेदी र अाँचल खत्रीले १-१ गोल गरे ।