नैकाप गोल्डकपको दोस्रो संस्करण आयोजना हुने

काठमाण्डौको पश्चिम भेगमा निकै नै लोकप्रिय, प्रख्यात “नैकाप गोल्डकप”को दोस्रो संस्करण चाडै नै नैकाप फूटबल मैदानमा आयोजना हुने भएको छ । चन्द्रागिरी स्पोर्टस क्लब द्वारा आयोजना गर्न लागिएको खुल्ला फूटबल प्रतियोगिता २०७४ साल भाद्र २६ गते उद्घाटन भई असोज ११ गते फूलपातीका दिन समापन हुनेछ । प्रतियोगितामा नेपाल सरकार अन्तर्गत दर्ता भई नविकरण हुदै आएका संघ संस्था र क्लबहरूले मात्र सहभागिता जनाउन पाउने र ३२ टिम भन्दा माथिको सहभागिता नरहने आयोजक क्लबका अध्यक्ष कृष्ण हरि बस्नेतले जानकारी दिनुभयो । टिम दर्ता शुल्क रू १०,०००/-(दस हजार) रहने उक्त प्रतियोगितामा विजयी टोलीलाई नगद रू २,२५,०००/-(दुइ लाख पचिस हजार) र उपविजेतालाई नगद रू १,२५,०००/-(एक लाख पचिस हजार) सहित ट्रफी प्रदान गरिनेछ । त्यस्तै प्रतियोगिता भरको ब्येष्ट खेलाडी,उच्च गोलकर्ता,ब्येष्ट गोलकिप्पर र ब्येष्ट प्रशिक्षक सबैले समान नगद रू १०,०००/-(दस हजार) सहित ट्रफी हात पार्नेछन । सेमिफाइनलिष्ट दुई टोलीले पनि नगद रू १५,०००/-(पन्द्र हजार) पाउनेछन । प्रतियोगिताले नैकाप फूटबल मैदानलाई राष्ट्रिय स्तरको मैदानमा रूपान्तर गर्न विशेष पहल गर्ने र सम्बन्धित निकाय र व्यक्तित्वहरूको ध्यानाआकर्षन गराउने प्रभावकारी माध्यम रहने क्लबका सदस्य मिलन के.सी ले जानकारी गराउनू भयो । राष्ट्रिय स्तरका प्रतियोगिताहरू नभईरहेको अवस्थामा यस प्रतियोगिताले फूटबलमा चन्द्रागिरी नगरपालिकाको आकर्षण र सम्भावनालाई झल्काउने र साथसाथै पश्चिम भेगका स्थानिय खेलाडीहरूलाई पनि आफ्नो प्रतिभा देखाउने ठूलो माध्यम बन्ने कूरा केसी बताउछन ।
प्रतियोगितामा भाग लिन इच्छुक संघ संस्थाले यहि आउदो भाद्र २ गते देखि भाद्र २० गते भित्र आयोजक क्लबलाई फारम बुझाइसक्नु पर्ने छ । फारमको लागि रेड डेभिल्स स्पोर्टस सेन्टर ( नैकाप गोल्डेन फ्लावर विद्यालय सँगै ) मा सम्पर्क राख्न सकिने आयोजक क्लबले जनाएको छ । चन्द्रागिरी न्यूजले यस प्रतियोगितामा अनलाईन पार्टनरको रूपमा सहकार्य गर्नेछ ।