पीएसजीलाई पराजित गर्दै जर्मन बायर्न म्युनिखलाइ युरोपेली च्याम्पियन्स लिगको उपाधि

काठमाडौं, भदौ ८
जर्मन क्लब बार्यन म्युनिखले छैटौंपटक युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । सिजन २०१९–२० को फाइनल खेलमा उसले फ्रेन्च क्लब पिएसजीलाई १–० को साँघुरो अन्तरले हराउँदै छैटौंपटक युरोपको च्याम्पियन बन्न सफल भएको हो । पोर्चुगलको लिस्वन सहरमा भएको फाइनल खेलमा दोस्रो बार्यनले हाफमा गरेको १ मात्रै गोलको मदतमा स्पष्ट जित निकाल्दै उपाधि पोल्टामा पार्न सफल भएको हो ।