प्रथम चन्द्रागिरि फुटसल कप सम्पन्न

चन्द्रागिरि ।

प्रथम चन्द्रागिरि फुटसल कप सम्पन्न भएको छ । दुइ विधामा वर्गीकरण गरिएको प्रतियोगिताको ३० वर्षमुनिको स्पर्धामा सेट फुटसल क्लब र ३० वर्ष माथिको स्पर्धाको उपाधी काठमाडौँ वेस्टर्न डेभेलपमेन्ट साकोसले हात पारे ।

लेजेण्डस् ग्रुपले अायोजना गरेको प्रतियोगितामा कुल २१ टोलीको सहभागिता रहेको थियो । स्थानीय चन्द्रागिरि फुटसलको एरिनामा सम्पन्न प्रतियोगिताको विजेता सेट फुटसलले नगद् रू ५० हजारका साथमा सिल्ड तथा ट्रफि हात पार्दा उपविजेता भाइरस फुटसलले ३० हजार नगदमा चित्त बुझायो ।

तीस वर्ष माथिको विधाको विजेता पश्चिम काठमाण्डाै विकास साकोसले नगद रू ३० हजार सहित शिल्ड र ट्रफी हात पार्दा उपविजेता डिसेन्ट गाइजले १० हजार रूपैँया हात पार्यो । चन्द्रागिरि नगरका प्रमुख घनश्याम गिरीले विजयी टोलीलार्इ पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता सहअायोजक वेस्तर्न युनाइटेड फुटबल क्लब रहेको थियो ।