प्रथम चन्द्रागिरि वडास्तरीय फुटसल प्रतियोगिता उपाधि वडा नं १५ लाई

काठमाडौँ, ‘प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७७’ को उपाधि वडा नं १५ ले चुमेको छ । वडा नं १४ लाई एकगोलका विरुद्ध तीनगोल गर्दै वडा नं १५ ले रु ७५ हजार सहित ट्रफी र पदक चुुम्न सफल भएको हो । वडा न १५ का तर्फबाट फुटसल खेलाडीहरु सुसान्त घिमिरे, समीर कार्की, रोहित थापा, अविरल रिजाल, सजिव रिजाल, रञ्जन श्रेष्ठ मैदानमा उत्रनु भएको थियो भने वडा १४ का तर्फबाट डेनियल श्रेष्ठ, अजित महर्जन, दिलकुमार महर्जन, रमन महर्जन, विजय थापा, सुदन कार्की र साहिल रानाले प्रतिष्र्धा गर्नुभएको थियो । नगरपालिकाको सर्वाधिक राशिको अत्यन्त रोमञ्चकारी फाइनल प्रतिष्पर्धामा वडा न १४ ले दोस्रो भई रु ४० हजार सहित ट्रफी र पदक हात पा¥यो । वेष्टर्न युनाइटेड क्लबले संयोजन गरेको सो प्रतिष्पर्धामा नगरपालिकाभित्रका १५ वडाका २५ टिम मैदानमा उत्रेका थिए भने खेल अन्तराष्ट्रिय नियम अनुसार खेलाइएको थियो ।

शुक्रबार शुरुआत भइ शनिबार सम्पन्न सो प्रतियोगिता चन्द्रागिरि–९ स्थित नवनिर्मित मत्छ्य फुटसल मैदानमा भएको थियो । चन्द्रागिरि नगरपालिकाको मुख्य प्रायोजक र प्रायोजक चन्द्रागिरि वडा नम्बर ५ रहेको सो प्रतियोगिताको प्रथम र द्वितीय हुने टिमलाई वाग्मती प्रदेश वन, पर्यटन तथा वातावरण समितिका सभापति माननीय रमा आले, चन्द्रागिरि नगरपालिकाका उपप्रमुख लीसा नकर्मी, वडा १५ का अध्यक्ष उत्तम बहादुर राउत, वडा ६ का अध्यक्ष सन्जय सिग्देल, वडा ४ का अध्यक्ष कृष्ण प्रसाद शाही, समाजसेवी देवेन्द्र प्रधान, महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख मोहन बहादुर खाण, भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरका अध्यक्ष राजेस घिमिरे, क्लवका अध्यक्ष रामनारायण घिमिरेले संयुक्त रुपमा नगद, ट्रफि र पदकको साथै उत्कृष्ट टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोल किपरलाई नगद रु पाँच/पाँच हजारसहित ट्रफि र पदक प्रदान गर्नुभयो ।

प्रतियोगिताको उत्कृष्ट टिमको उपाधि वडा नं ६ ले प्राप्त गरेको थियो, उत्कृष्ट गोलर्ता वडा १५ का अविरल रिजाल, उत्कृष्ट खेलाडी वडा १४ का शाहिल राना, उत्कृष्ट गोलकिपर राजिब श्रेष्ठले हात पार्नुभएको थियो । ‘खेलक्षेत्रमा महिला सहभागिता आवश्यक’ सो अवसरमा सभापति आलेले खेलकूद क्षेत्रमा महिला सहभागिता बढाउन आग्रह गर्दै युवा पुस्तालाई खेलक्षेत्रमा आकर्षित गर्न यस्ता प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उपप्रमुख नकर्मीले अगामी दिनमा नगरपालिकाले खेलकूद विकास र प्रवद्र्धन गर्न निरन्तर सहयोग जारी राख्ने जानकारी दिनुभयो। वडा न १५ का वडाध्यक्ष राउतले कोरानाले आक्रान्त खेलक्षेत्रलाई चलायमान बनाउन यस्ता प्रतियोगिताले सहयोग पु¥याएको बताउनुभयो । क्लवका अध्यक्ष घिमिरले क्लवले नगर क्षेत्रमा विभिन्न खेलकूद प्रतियोगिता आयोजना गर्दै आएको र नगरपालिकाको खेल गतिविधिमा यस्तै साथ र सहयोग आगामी दिनमा पनि मिल्ने आशा राख्दै कोरोनाले आक्रान्त बनेको युवाहरुलाई खेलकूद प्रतियोगिताले युवाका मानसिक समस्या समेत समाधान हुने बताउनुभयो ।

उहाँले भन्नुभयो “ अगामी दिनमा खेल क्षेत्रमा राज्यको लगानी बढाउन जरुरी रहेको छ । खेलक्षेत्रको विकास र विस्तारले मात्र समृद्धि हासिल हुन्छ । ” कोरोना कहरले आक्रान्त खेल क्षेत्रलाई चलायमान बनाउन प्रतियोगिताले कोशेढुङ्गा साबित हुने र पछिल्लो समय युवापुस्ताका बीचमा फुटसल लोकप्रिय बनिरहेको जानकारी गराउनु भयो। शुक्रबार नगर प्रमुख घनश्याम गिरिले प्रतियोगिताको शुभारम्भ गर्दै नगरपालिकाले अगामी दिनमा खेलक्षेत्रको विकासमा थप लगानी गर्ने जानकारी दिनुभएको थियो र आगामी दिनमा युवापुस्ताले नै खेलकुद मार्फत नगरपालिका र सिङ्गो राष्ट्रलाई नै चिनारी गराउनेमा बिश्वस्त छु भन्नू भएको थियो। नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले युवापुस्तालाई खेलकूदमा थप आकर्षित गरी खेल क्षेत्रको विकास गर्न नगरपालिकाले प्रतियोगिता प्रायोजन गरेको बताउनुभएको थियो। कार्यक्रम सम्योजक क्लबका उपाध्यक्ष साजान महर्जनले विभिन्न संघ तथा संस्थाहरुको साथ र सहयोगले गर्दा खेल भब्य रुपमा समापन गर्न पाएकोमा खुशी ब्यक्त गर्नुभयो।