प्रथम नागार्जुन मेयरकपमा वडा नं ७ ‘ए’ विजयी

नागार्जुन नगरपालिकाको प्रथम नागार्जुन मेयरकप फुटवल प्रतियोगितामा नागार्जुन नगरपालिका वडा नं ७ ‘ए’ विजयी भएको छ । शनिवार सम्पन्न हसन्टारमा भएको मैत्रीपूर्ण खेलमा वडा न ६‘ए’ र ७ ‘ए’ बीच प्रतिपस्धा भएको थियो ।

फाइनल प्रतियोगितामा वडा नं ७ ‘ए’ ले दुई गोल गरि विजयी भएको हो । उक्त खेलमा वडा नं ६ ‘ए’ ले भने एक गोल मात्र गर्न सफल भएको थियो । खेलमा म्यान अफ दी म्याच वडा नं ७ ‘ए’ का पुजन नाराल भएका छन भने प्रतियोगिताकै उत्कृष्ट खेलाडी निरभ खड्का भएका छन ।


विजयी वडा नं ७ का टिमलाई एक लाख पाँच हजार नगद प्रदान गरिएको छ भने द्धितिय हुने वडा नं ६ लाई भने ५५ हजार नगद प्रदान गरिएको छ ।

विजयी टिमलाई कदरपत्र प्रदान गर्दै नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले विजयी टीमलाई बधाइ दिनुभयो । उहाँले खेलले व्यक्तिको जीवनमा अनुसशान कायम गर्ने भन्दै नगरपालिकाले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापोकाटले खेलमा सिद्धान्तलाई व्यवहारमा उर्तान सके मानव जीवन सार्थक हुने विश्वास व्यक्त गर्नुभयो । युथ हसन्टार क्लबले आयोजना गरेको मेयर कप फुटवल प्रतियोगिता कात्तिक १६ गतेदेखि शुरु भएको थियो ।