प्रथम लनगोल कप पुरष डबल्स ब्याडमिन्टन प्रतियोगिता

“लनगोल ब्याडमिन्टन क्लब”को आयोजनामा “प्रथम लनगोल कप पुरष डबल्स ब्याडमिन्टन प्रतियोगिता” आयोजना हुने भएको छ। आकषर्क नगद पुरस्कार , प्रमाणपत्र र ट्रफी शहीत आयोजना हुन लागेको उक्त प्रतियोगिता “लनगोल ब्याडमिन्टन कोर्ट किर्तिपुर नगरपालिका वडा नम्बर ६, लनगोल” मा आगामी बैशाख २९ गते देखी जेष्ठ ५ गते सम्म चल्नेछ। प्रतियोगितामा सहभागीताका लागि रु १,५०० प्रबेश शुल्क निर्धारणा गरिएको आयोजकले जानकारी दिएको छ। प्रतियोगिता सम्बन्धी थप जानकारीकालागी ९८४१५३५२०६ मा संपर्क गर्न सकिनेछ।