मण्डला ब्याडमिन्टन प्रतियाेगिता सुरू ।

राेसन दानी
काठमाडौं । प्रथम मण्डला ब्याडमिन्टन खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियाेगिता अाज वाट सुरू भएकाे छ ।

मित्रता तथा सहिष्णुताकाे लागि खेलकुद भने नाराका साथ प्रथम मण्डला ब्याडमिन्टन खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियाेगिता उद्घाटन चन्द्रागरिका मेयर घनश्याम गिरी र किर्तिपुरका मेयरले रमेश महर्जनले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा वाेल्दै चन्द्रागरिका मेयर घनश्याम गिरीले मानव स्वास्थ्यका लागि खेलकुद अनिवार्य अावश्यकता भएकाे भन्दै नगरलाई खेलकुद मैत्री वातावरण तयार पार्न नगरपालिका सुरू देखि लागि रहेकाे चर्चा गरे । उनले छिटोभन्दा छिटाे खेलकुदवाट नगरकाे नाम अझ राष्ट्र सामु चिनाउन थप गृहकार्य रहेकाे अाैल्याए ।

कार्यक्रममा वाेल्दै किर्तिपुरका मेयर रमेश महर्जनले दुई नगर विचकाे सहकार्यमा खेलकुद,स्वास्थ पर्यटन सवै किसिमका सेवाहरूलाई दुई नगर विच समन्वयात्मक भुमिकामा अगाडि बढ्नु पर्न वताए । उनलेे दुई नगर विच विभिन्न खेलकुदका माध्यम वाट मैत्रीपूर्ण भावना निर्माणमा अघि वढ्नु पर्ने धारणा राखे ।
नगर स्तरीय खुला प्रतियोगितामा विभिन्न नगरपालिकाहरूकाे लगभग ८० समुहकाे सहभागिता रहेकाे मण्डला ब्याडमिन्टन समूहका अध्यक्ष देवेन्द्र प्रधानले वताए ।

सस्थाका अध्यक्ष प्रधानका अनुसार खुला ब्याडमिन्टन प्रतियाेगिता प्रथम हुने जोडी ले प्रमाण पत्र,ट्रफिको साथमा नगद रू पच्चीस हजार ,खुला दोस्रो हुने जोडी ले प्रमाण पत्र,ट्रफिको साथमा नगद रू १५ हजार खुला तृतिय हुने जोडी ले प्रमाण पत्र,ट्रफिको साथमा नगद रू १० हजार सहित पत्र र ट्रफि हात पार्ने छन् ।

भने भेट्रान्स ब्याडमिन्टन (४५साे भन्दा माथी उमेर समुहका चन्द्रागिरिका मात्र ) प्रथम जाेडीले प्रमाण पत्र,ट्रफिको साथमा नगद रू १५ हजार दृतियहुनेले १० हजार र तृतियहुनेले १० हजार सहित प्रमाण पत्र,ट्रफि पाउने छन् भने उत्कृष्ट खेलाडीले रु ५ हजार नगद राशी पुरस्कार पाउने अायाेजकले वताएकाे छ ।