रोनाल्डोको गोलमा पोर्चुगल विजयी, मोरक्को बाहिरियो

रूस( एजेन्सी) –सुपरस्टार क्रिष्टियानो रोनाल्डोको निर्णायक गोल मद्दतमा पोर्चुगलले मोरक्कोलाई १–० ले पराजत गर्दै विश्वकपको समूह चरणमा पहिलो जित निकालेको छ ।पहिलो हाफको चौंथो मिनेटमा रोनाल्डोले कर्नरमार्फत हेड गोल गरेका हुन्। रोनाल्डोको सोहि गोल जित दिलाउन महत्वपूर्ण बन्यो।

लगातार दुई खेलमा हार बेहोरेको मोरक्को प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । मोरक्को पहिलो खेलमा इरानसँग १–० ले पराजित भएको थियो ।