विश्व कपमा इरानको विजयी सुरुवात

सेन्ट पिटरबर्ग (एजेन्सी)– एसियाली मुलुक इरानले रसियामा जारी विश्व कपमा विजयी सुरुवात गरेको छ । शुक्रबार भएको दोस्रो खेलमा मोरक्कोलाई १–० लाई हराउँदै इरानले सुखद सुरुवात गरेको हो । पोर्चुगल र स्पेन समेत रहेको समूह बीमा इरानका लागि यो जित महत्वपूर्ण हुन सक्दछ ।

प्रतिस्पर्धात्मक खेलमा इरानको जित भने आत्मघाती गोलमा सम्भव भएको थियो । ६० हजार भन्दा बढी दर्शक रहेको खेलमा इन्जुरी समयमा अजिज बौहाडोजको आत्मघाती गोलमा इरानले जित हासिल गरेको हो ।

६ मिनेट इन्जुरी समयको एक मिनेट बाँकी रहँदा फ्रिकिकमा आएको बल रोक्ने क्रममा बोहाडोजले हेड गर्दा आफ्नै पोष्टमा गोल भएको थियो । समूहको अर्को खेल स्पेन र पोर्चुगलबीच केहि समयमा सुरु हुनेछ । त्यसअघि भएको समूह एको खेलमा उरुग्वेले इजिप्टलाई १–० ले हराएको थियो ।