वेष्टर्न युनाइटेड क्लबकप चैत १७ देखि

चन्द्रागिरि ।

वेष्टर्न युनाइटेड क्लब , किसिपिडी को आयोजनामा चौथौ वेष्टर्न युनाइटेड क्लबकप प्रतियोगिता आयोजना हुने भएको छ । मातातिर्थस्थित खेल मैदानमा सम्पन्न हुने प्रतियोगिता चैत १७ देखी चैत ३० गते सम्म हुनेछ । प्रज्वल नकर्मी अध्यक्ष रहेका क्लबले चौथौ पटक यस किसिमको प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा आयोजक वेष्टर्न युनाइटेड क्लबसहित ३२ वटा क्लबबीच प्रतिष्पर्धा हुने छ । यस प्रतियोगिताको प्रथम हुने टोलीले रु. २,२२,२२२ नगद राशी सहित ट्रफी प्राप्त गर्नेछ भने दोश्रो हुने टोलीले रु. १,११,१११ नगद राशी सहित ट्रफी प्राप्त गर्ने क्लबका सदस्य साजन महर्जनले चन्द्रागिरिन्युजलार्इ जानकारी दिए ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, र सर्बाधिक गोलकर्ताले क्रमश: नगद रु. १०-१५ हजार सहित ट्रफी प्राप्त गर्नेछन् भने आयोजक १ जना सदस्यलाइ स्कूटर सम्मानित गरिनेछ।

चैत १७ गते बाट संचालन हुने उक्त प्रतियोगितामा सहभागी हुनको लागी फारम १,००० र दर्ता शुल्क १० हजार रहेको छ भने दर्ता गर्ने अन्तिम मिति चैत १४ गते सम्म रहेको बताए। । थप जानकारीको लागि ९८६००२९२११ मा साजन महर्जनलाइ सम्पर्क राख्न अनुरोध गरेको छ ।