वेष्टर्न युनाइटेड क्लबको ‘बिशेष भेला तथा सम्मान कार्यक्रम’ सम्पन्न

चन्द्रागिरि नगरपालिकाकाे प्रमुख घनश्याम गिरीले नगरपालिकालाई खेलकुद मैत्री वातावरण तयार पार्न नयाँ कार्ययोजना तयार पारिने वताउनु भएकाे छ । राजधानिकाे चन्द्रागिरि नगर पालिका सतुंगल वेष्टर्न युनाइटेड क्लबको ‘बिशेष भेला तथा सम्मान कार्यक्रम’ वाेल्दै नगर प्रमुख गिरीले उत्त कुरा वताउनु भएकाे हाे ।उहाँले नगरपालिकामा दक्ष खेलाडीहरू लाई राष्ट्रिय स्तर सम्म पुर्याउन सवै पक्षकाे महत्त्वपूर्ण भुमिका हुने चर्चा गर्दै,शारीरिक,मानसिक विकासलाई खेलकुद अावश्यक हुने हुदा खेलकुदकाे विकासमा नगरपालिकाले सधै साथ र सहयाेग गरि सहयाेग गर्ने उहाँको भनाई थियाे । कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नम्बर ६का वडा अध्यक्ष सन्जय सिग्देलले खेलकुदकै माध्यम वाट नगरकाे पहिचान विश्व सामुह पुग्ने हुदा खेलकुदलाई उच्च प्राथमिकतामा राखिनु पर्ने धारणा व्यत्त गर्नु भयाे । उहाँले नगरपालिकाे प्रत्यक वडाहरूमा एउटा खेल मैदान हुनु पर्ने वताउनु भयाे । कार्यक्रमका अध्यक्ष प्रज्वल नकर्मिले सवैकाे साथ र सहयाेगकाे विशेष धन्यवाद दिदै अागामी दिनहरूमा नगरपालिकाले खेलकुदकाे विकासमा जाेड दिदै,अन्तर्राष्ट्रिय स्तरमा पुग्न सहयाेग अपरिहार्य रहेकाे वारताउनु भयाे । व्वाईज युनियनका उपाध्यक्ष तथा वेष्टर्न युनाइटेड क्लबका समेत उपाध्यक्ष रहेका रामनारायण घिमिरेले अागामी दिनमा चन्द्रागरिरिका खेलाडीहरूलाई राष्ट्रिय स्तरकाे खेलाडी वनाउन कुनै कसरत वाकी नराखिने वताउनु भयाे । कार्यक्रममा पश्चिम भेगकै उत्कृष्ट फूटबल प्रतियोगिता ” वेष्टर्न युनाइटेड क्लबको “को पहिलो, दोस्रो साथै तेस्रो सस्करण सफल पार्न “वेष्टर्न युनाइटेड क्लबको ” लाई आर्थिक, भौतिक, सामाजिक, नैतिक सहयोग गर्ने सम्पूर्ण खेल प्रेमी , खेलाडि, सघं-संस्था, सहयोगी हातहरुलाई विशेष सम्मान गरिएकाे थियाे ।