सानदार विजय हासिल गर्दै अविरलले जिते उपाधि

चन्द्रागिरि ।

नेपाली युवा किक बक्सर अविरल घिमिरेले ब्राजिलियन बक्सरलाई पराजित गर्दै होस्ट कप किन्गंस् नागोया फाइट डागनको उपाधि जितेका छन् ।

जापानको नागोयामा भएको पाँच चरणको खेलमा पाँच वटामै जित निकाल्ने क्रममा उनले अन्तिम खेलमा ब्राजिलियन बक्सर एलेन सोर्सलाई पराजित गरेका हुन् ।

 सन् २०१६ बाट बक्सिगं खेल थालेका विजयी घिमिरेको खेल हेर्न ठुलो संख्यामा जापानी तथा नेपाली समर्थकहरुको उपस्थिति रहेको थियो ।