स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै रसिया क्वार्टरफाइनलमा

मस्को (एजेन्सी) – विश्वकप २०१८ अन्तिम १६ को तेस्रो क्वाटरफाइनलमा रुसले स्पेनलाई पेनाल्टीमा ४-३ ले हराएको छ । नियमित समय १-१ मा सकिएको थियो ।

मार्को एसेन्सियोको फ्रिकिकमा रुसका सेर्जे इग्नासेभिचले आत्मघाती गोल गरेपछि खेलमा स्पेनले अग्रता लिएको थियो । तर खेलको ४० औं मिनेटमा जेरार्ड पिकेको ह्यान्डबलमा रुसले पेनाल्टी जित्न सफल भएको थियो । सो पेनाल्टीमा रुसका स्ट्राइकर आर्तेम जुबा चुकेनन् र आयोजकलाई खेलमा फर्काए ।

दोसोर् हाफमा भने दुवै टोली गोल गर्न असफल भएपछि खेल यस विश्वकपमा पहिलो पटक अतिरिक्त समयतर्फ लागेको हो । अतिरिक्त ३० मिनेटमा कुनै गोल हुन नसकेपछी खेल पेनाल्टी सुट-आउटतर्फ गएको थियो ।

स्पेन समूह ‘बी’ को विजेता र रुस समूह ‘ए’को उपविजेताका रुपमा अन्तिम १६ प्रवेश गरेका हुन् । यस अघि फ्रान्स र उरुग्वे क्वाटरफाइनलमा छनोट भइसके भने पोर्चुगल र अर्जेन्टिना बाहिरिएका छन् ।