हाइभिजन कोलोनीमा ब्याडमिण्टन प्रतियोगिता हुने

चन्द्रागिरि नगरपालिका ७ चेकपोष्ट हाइभिजन कोलोनीमा ब्याडमिण्टन प्रतियोगिता हुने भएको छ । हाई भिजन हाइपर मार्केट प्रा.ली को मुख्य प्रायोजनमा हाई भिजन ब्याडमिण्टन फ्यानस क्लबको आयोजनामा श्रावण २८ गते शनिबारबाट सुरू हुने प्रतियोगिताको फाइनल भाद्र ३ गते हुनेछ । २४ टोलीको सहभागिता रहने प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो स्थान प्राप्त गर्नेले क्रमश रू.१०,०००, रू. ६००० रू.२००० नगद तथा ट्रफी प्राप्त गर्नेछन् |