हाईभिजन ब्याडमिन्टन प्रतियोगिता २०७५ फाईनल सम्पन्न ।

चन्द्रागिरी,

हाईभिजन हाईपर मार्केट प्रा लिकाे मुख्य प्रायाेजनमा भाद्र १४ गते देखि चलि अाएकाे यस प्रतियोगिता भाद्र २३ गते शनिबार सम्पन्न भयाे । प्रतियाेगिताकाे फाईनलमा बसन्त महर्जन तथा प्रमाेद महर्जनको टिमले यादब खवास तथा हरि खत्रीकाे टिमलाई क्रमशः २१-१५, ११-२१, र २१-१८ ले पराजित गर्दै नगद रू २००००/- सहित ट्रफि र मेडल हासिल गर्नु भयाे ।यसै गरि दाेस्राे हुनु हुने टिमले नगद रू १५०००/- सहित ट्रफिर मेडल प्राप्त गर्न सफल हुनु भयाे ।त्यसै गरि तृतीय हुने टिम क्रमशः मनाेज महर्जन तथा सुमन महर्जन र बिरकृष्ण महर्जन तथा संग्राम पाैडेलकाे टिमले नगद रू ५०००/- ५०००/- तथा ट्रफि र मेडल हासिल गर्नु भयाे ।

यस प्रतियोगिताको उत्कृष्ट खेलाडीकाे पुरस्कार अमृत थापाले पाउनु भयाे भने प्रभाबशाली ब्यक्तित्वकाे पुरस्कार तुल बहादुर ढंगालले पाउनु भयाे ।अाजकाे कार्यक्रमकाे प्रमुख अतिथि च.न.पा.का प्रमुख घनश्याम गिरी थियो । साथै अन्य अतिथिहरूमा दिल बहादुर गापाज्यू तगा धन बहादुर के सीले पनि यश फाईनल खेलकाे पुरस्कार बितरण गर्नु भएकाे थियाे । हाईभिजन ब्याडमिन्टन फ्यान क्लबका अध्यक्ष उदय गापाले अागामी दिनहरूमा पनि यस्तै खेलहरूकाे प्रतियोगिता गराई रहने जानकारी गराउनु भयाे ।