हिमालयन शेर्पा चन्द्रागिरी गोल्डकपको फाइनलमा

चन्द्रागिरी,
मंसिर २ गते आइतबार । यति हिमालयन शेर्पा क्लब राजधानीमा जारी प्रथम चन्द्रागिरी गोल्डकपको फाइनलमा प्रवेश गरेको गरेको छ ।
नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा आइतबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै शेर्पाले प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा शेर्पाका त्रिदेव गुरुङले दोस्रो हाफमा गरेको गोल नै शेर्पालाई फाइनलमा पु¥याउन निर्णायक बन्यो । त्रिदेव गुरुङले खेलको ५६ औं मिनेटमा गोलरक्षक अर्पण कार्कीले रिलिज गरेको लामो बललाई आर्मीका डिफेन्डरबीच तालमेल नमिलेको अवस्था र गोलरक्षक महेश्वर श्रेष्ठ पोजिसनमा नभएको बेला चिपमा गोल गर्न सफल भएको थियो ।
अब हिमालयन शेर्पाले उपाधिका लागि कुपन्डोलको एनआइविएल फ्रेण्डस् क्लबसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ । फ्रेण्डसले शनिबार सिएमजी क्लब संकटालाई १–० ले नै पराजित गर्दै फाइनमा स्थान सुरक्षित गरिसकेको छ ।
शेर्पाका सजित मोरान खेलको म्यान अफ दि म्याच घोषित भए । उनले जनही ३ हजार रुपैया प्राप्त गरे ।
प्रतियोगिताको फाइनल खेल मंसिर ५ गते मंगलबार हुनेछ । ब्राइट युथ क्लब नैकापको आयोजनमा नकआउटका आधारमा कात्र्तिक २८ गतेबाट भैरहेको प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजनका ७ टिमलाई दुई समूहमा विभाजन गरिएको थियो । प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख प्राप्त गर्नेछ । यस्तै दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
नैकापको ब्राइट युथ क्लबको आयोजनामा भएको प्रतियोगितालाई नेपाल जनरल मार्केट (हिरो) ले मुख्य प्रायोजन गरेको छ ।