“प्रथम बोसीगाउ खुल्ला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता २०७४” आज बाट क्वाटर फाइनल

चन्द्रागिरि ।
“बोसीगाउ ब्याडमिन्टन समुह” को आयोजनामा “प्रथम बोसीगाउ खुल्ला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता-२०७४” आज बाट क्वाटर फाइनल सुरु भएको छ।

जारी प्रथम बोसीगाउ खुल्ला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता बिहीबार ४ खेल भएका छन् । सुदिप सिदै र साजन ताम्राकार जोडी जीवन आचार्य र अनिश श्रेष्ठको टोलीसँग १४-२१, २१-१३ र ६-२१ ले पराजित भयो । त्यस्तै सुदन महर्जन र शंकर महर्जनको जोडी बिजेन्द्र लाल श्रेष्ठ र बिनय तन्डुकारको जोडी सँग १९-२१ र १८-२१ को सेटमा पराजित भयो भने तेश्रो खेलमा राजमान महर्जन र चन्दन महर्जनको जोडी शिव श्रेष्ठ र महेस खड्काको जोडीमाथि २७-२५ र २१-१५ को जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेका छन्। अाजै भएको चौथौं तथा अन्तिम खेलमा बिष्णु कटवाल र दिपक बोहराको जोडी राजकुमार पोखरेल र इन्द्र महतको जोडीमाथि १५-२१, २१-१३ र २१-१३ को जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेका छन् । नेपालमा पहिलो पटक नगद रु १,११,१११ (१ लाख १ हजार १ सय १ रुपैयाँ)पुरस्कार राशी सहित आयोजना भएको यस प्रतियोगिता “बोसीगाउ ब्याडमिन्टन कोर्ट चन्द्रागिरी नगरपालिका वडा नम्बर १० बोसीगाउ” मा आगामी मङ्सिर १० गते सम्म चल्नेछ।