We are brothers,थानकाेट र बार्सा नेपाल सेमिफाईनल प्रवेश

We are brothers,थानकाेट र बार्सा नेपाल जारी नैकाप गाेल्डकप २०७५ काे सेमिफाईनल प्रवेश गरेकाे छ ।
आज २०७५ साल असाेज २४ गते भएकाे पहिलाे क्वाटरफाईनलमा we are brothers ले रिकग्नाईज एफ.सी.,चूनदेवि माथि ४-० काे सानदार जित दर्ता गर्दा उसका लागि नबिन कर्माचार्य र रन्जन तामाड्गले एक-एक गाेल गरे भने म्यान अफ दि म्याच करन तामाड्गले दुई गाेल गरे । जारी गाेल्डकपमा we are brothers,thankot काे अविश्वश्निय रूपमा उत्कृष्ट प्रदर्शन रहिआएकाे छ ।
दिनकाे दाेस्राे खेलमा बार्सा नेपालले कंकाली युथ क्लब,चन्द्रागिरि १३ माथि १-० काे जित सँगै सेमिफाईनल प्रवेश गरेकाे छ।
बार्सा नेपालका लागि एक मात्र गाेल शिव श्रेष्ठले पहिलाे हाफमा गरे ।
खेलका म्यान अफ दि म्याच कंकाली युथ क्लबका बिराज कायस्था घाेषित भए ।