नेपालय वइस्टर्न यूनाइटेड फुटबलको उपाधि टिम स्पिड न्यूरोडलाई

चन्द्रागिरि, चन्द्रागिरिमा संचालन भएको चौथो नेपालय वइस्टर्न युनाइटेड क्लव फुटबल प्रतियोगिताको उपाधि टिम स्पिड न्यूरोडले हात पारेको छ ।

चन्द्रागिरिको मातातीर्थ खेल मैदानमा शुक्रबार साँझ भएको फाइनल खेलमा १–१ को बराबरी पश्चात् खेल पेनाल्टीमार्फत टिम स्पिडले ४–२ अन्तले उपाधि जितेको हो ।

टिम स्पिडले जितसंगै दुई लाख २२ हजार २२२ नगद पुरस्कार हात पारेको छ । उप विजेता हुँदै सोल्टी नेपालले एक लाख ११ हजार १११ रुपैयाँ हात पारेको छ ।

पहिलो हापमा टिम स्पिडका खेलाडी सरोज राउतले खेलको १९ मिनेटमा पहिलो गोल गर्दै खेललाई अग्रता प्रदान गरे ।

खेलको अन्तिम चरणको ७० मिनेटमा सोल्टी नेपालका विजय लामाले गोल गरि खेलाई बराबरीमा रोके ।

निर्धारित समयमा खेल बराबरी प्रश्चात पेनाल्टी सुटमा ४–२ को अन्तरमा टिम स्पिड न्यूरोड विजयी भयो । टिम स्पिडका गोल रक्षक नवराज निरौला उत्कृष्ट गोल रक्षकको उपाधी सहित नगद १५ हजार हात पारे ।

सोल्टी नेपालका खेलाडी भानु श्रेष्ठ उत्कृष्ट खेलाडीको उपाधिसहित नगद १५ हजार पाउन सफल भए । वइस्टर्न युनाइटेड क्लव फुटबलका खेलाडी साजन महर्जनले सर्वाधिक राम्रो खेलाडी घोषित भए ।

प्रतियोगितामा उनीहरुलाई एमाहाको स्कुटर संस्थाका कार्यबहाक अध्यक्ष रामनारायण घिमिरे र सस्थाका सल्लाहकार वटु थापाले संयुक्त रूपमा पुरस्कार
प्रदान गरे ।

पहिलो र दोश्रो हुने कल्वलाई पूर्व खेलकुद मन्त्री तथा राष्ट्रिय खेलकुल महासंघका अध्यक्ष पुरूषोतम पौडेल र प्रदेशसभा सदस्य रमा आले मगरले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए ।