वर्ल्डलिंकको ‘तहल्का’ मासिक ७९९ रूपैयाँमा इन्टरनेट र आईपीटीभी

  • 29
    Shares

काठमाडौँ। वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले इन्टरनेटको प्रयोगभन्दा टिभीमा बढी मनोरञ्जनात्मक कार्यक्रमहरू हेर्ने ग्राहकहरूलाई प्राथमिकता दिँदै सस्तोमा आइपी टिभी सेवा उपलब्ध गराउने योजना  “तहल्का” ल्याएको छ। यस योजना अन्तर्गत ग्राहकले नेटभिटिले उपलब्ध गराउने २०० भन्दा बढी लाइभ टिभी च्यानलहरू र १० एमबीपीएसको इन्टरनेट सेवा मासिक ७ सय ९९ रुपैँया मै पाउने छन्।

वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपालका अनुसार, ‘इन्टरनेट जडान गरेर पनि इन्टरनेटको प्रयोग धेरै नगर्ने सबै ग्राहकहरूका लागि उपयुक्त हुने गरी “तहल्का” योजना ल्याएका छौ।’ उनी भन्छन्  “तहल्का”  अफर सस्तो भएको हुनाले आधारभूत टिभी प्रयोगकर्ताहरू,  सोसल मिडिया लगायत अन्य एपहरू प्रयोग गर्ने ग्राहकहरूका लागि धेरै नै उपयुक्त छ। हाम्रो यस प्रयासले सरकारको डिजिटल नेपाल कार्यक्रम लाई समेत सघाउने छ । हामीले आईपीटीभी र इन्टरनेट सेवा दुबैका लागि मासिक ७९९ रुपैयाँ मात्र शुल्क राखेका छौँ।

वर्ल्डलिंकले यस अफरसँगै नेटभीटी (आईपीटीवी) सेवासँगै कम्बो प्याकमा  ६० एमविपिएस सम्मको उच्च गतिको इन्टरनेट प्याकहरू पनि उपलब्ध गराइरहेको छ ।  ग्राहकहरूले आफ्नो आवश्यकता अनुसार विभिन्न इन्टरनेट र टिभी प्याकेजहरू छनौट गर्न सक्ने छन्।


  • 29
    Shares

Comments

comments