Home प्रविधि कसरी फिर्ता लिने जिमेलमा पठाएका इमेल ?

कसरी फिर्ता लिने जिमेलमा पठाएका इमेल ?

0
कसरी फिर्ता लिने जिमेलमा पठाएका इमेल ?

बोलेको बोली र हानेको गोली फिर्ता लिन सकिँदैन भनिन्छ । यो केवल बोलेको बोलीको कुरा मात्र होइन इन्टरनेटमा कसैसँग गरिएका कुराकानीहरु वा पठाइएका इमेलहरुको हकमा पनि लागू हुन्छ ।

एकचोटी पठाइसकिएका इमेलका शव्दहरु पठाइएको व्यक्तिले प्राप्त गर्नबाट रोक्न सकिँदैन ।

गुगलको इमेल सेवा जिमेल विश्वमा सबैभन्दा धेरै प्रयोग गरिने इमेल सेवाको रुपमा रहेको छ अहिले । करोडौं मानिसले जिमेल प्रयोग गर्दछन् । तरपनि यसमा आउटलुक जस्ता अन्य इमेल सर्भिसमा रहेका कतिपय फिचरहरुको अभाव रह्यो धेरै पछिसम्म । मुख्यरुपमा पठाइसकिएका इमेल फिर्ता लिन सकिने फिचर जिमेलले निकै पछिसम्म पनि सुरु गर्न सकेन । जब जिमेलले यो फिचर सुरु गर्यो तब करोडौं जिमेल प्रयोगकर्ताहरु लाभान्वित बनेका छन् । तर पनि तपाईंले कसैलाई जिमेलमा इमेल पठाएको ३० सेकन्डभित्र मात्रै इमेल प्रेषित गर्ने काम रद्द गर्न सक्नुहुन्छ वा इमेल फिर्ता गर्न सक्नुहुन्छ । अन्यथा त्यो समय बितिसकेपछि जिमेलमा पठाएको इमेल फिर्ता गर्न सकिँदैन ।

तपाईंले जिमेलमा कसैलाई इमेल पठाउन इमेल कम्पोज गरेर ‘सेन्ड’ बटन थिचिसकेपछि इमेल विन्डोजको माथिपट्टि नोटिफिकेसन देख्न सक्नुहुन्छ । उक्त नोटिफिकेसनमा ३० सेकेण्डको काउन्ट डाउन सुरु भएको हुन्छ । काउन्टडाउन नसकिँदा सम्म तपाईंले इमेल फिर्ता गर्न सक्नुहुन्छ । त्यसका लागि अन डु सेन्ड बटन क्लिक गर्नुपर्दछ ।

एजेन्सी