नेपाल टेलिकमको आकर्षक ‘विन्टर अफर’

काठमाडौँ । नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक ‘विन्टर अफर’ उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको सेवा आजदेखि लागू भई आगामी चैत २८ गतेसम्म लिन सकिने व्यवस्था गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । यसअघि उपलब्ध ‘अटम अफर’ अन्तर्गतका सेवामा केही थप सुविधा उपलब्ध गराएर सो अफर ल्याइएको छ ।

सोअन्तर्गत हयाप्पी विकेन्ड प्याक, अल टाइम डाटा प्याक, नाइट टाइम डाटा भोलुम बेस्ड डाटा प्याक, अनलिमिटेड डाटा प्याक, अल टाइम सोसियल डाटा प्याक, अल टाइम डाटा स्ट्रिमिङ प्याक रहेका छन् । त्यस्तै, अल टाइम फोरजी डाटा प्याक जीएसएम\सीडीएमए थ्रिजी÷फोरजी एक जीबी प्रतिवेदनको डाटा प्याक, अल टाईम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, सियूजी प्याकेजलगायतका सेवामा अफर दिइएको छ ।

कम्पनीका अनुसार ह्याप्पी विन्ड प्याकअन्तर्गत जीएसएम, सीडीएमए, प्रिपेड, पोष्टपेड मोबाइलमा शुक्रबार, शनिबार र आइतरबार प्रत्येक दिन एक जीबी डाटा प्रयोग गर्न सकिने छ । सो सेवा रु १०० मा सात दिनको हुनेछ ।
अलटाइम डाटा प्याकअन्तर्गत कम्पनीले उपलब्ध गराएका विभिन्न प्याकेजमा ५० प्रतिशत थप बोनस डाटा उपलब्ध गराइने छ । यसमा रु १० देखि रु ५०० को प्याक उपलब्ध गराइनेछ । सो सेवामा बोनससहित २३ एमबीदेखि चार हजार ५०० एमबी सम्मका प्याकेज खरीद गर्न सकिनेछ । सो प्याकेज १ दिनदेखि २८ दिनको हुने टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी नाइट टाइम भोलुम बेस्ड डाटा प्याकमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । सो प्याकअन्तर्गत रु ५ मा ६८ एमबी डाटा एक रात प्रयोग गर्न सकिनेछ । त्यस्तै ७ दिनसम्मको अवधिमा रु ४५ मा ६३८ एमबी डाटा र २८ दिनसम्मको अवधिको ७८८० एमबी डाटा रु ३०० मा प्रयोग गर्न सकिने प्याकेज राति १० बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिने छ । थप जानकारीका लागि www.ntc.net.np मा हेर्नुहाेला ।